भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री श्री अरुण नेपाल, सिन्धुपाल्चोक जिल्लाका माननिय सासंद श्री अग्नी सापकोटा साथै बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पख्रीन तामाङ र प्र.प्र.अ फणिन्द्र प्रसाद पौडेल लगायत अन्य महानुभावहरु तातोपानी नाका सञ्चालनका लागि तातोपानी बजारको वस्तुगत स्थितिको निरिक्षण गर्नुहुदै ।
मिति २०७५÷०६÷२३ गते जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो । सुनखानीमा भएको उक्त खेलमा खेलको पहिलो हाफमा जनप्रतिनिधीले पेनाल्तिको सुवर्ण अवसर सँगै कर्मचारी विरुद्ध पहिलो गोल गर्न सफल भयो । खेलको दोश्रो हाफमा जनप्रतिनिधिका फुर्पा साङबु शेर्पाले अर्को राम्रो गोल गर्नु भयो । कर्मचारीको तर्फबाट पनि प्रमोद चन्द्र डाँगीले उत्कृष्ट गोल गर्नुभयो । यसरी खेल २–१ को अन्तरले जनप्रतिनिधीज्यूहरुको जित भयो ।