समाचार
भोटेकोशी गाउँपालिकाको संक्षिप्त परिचय
कर्मचारी कार्य विवरण
This is content
भोटेकोशी गाउँपालिकाको संक्षिप्त परिचय
नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो । प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो । नेपालको बदलिँदो राजनैतिक परिवर्तन पश्चात संघिय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तर तर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।
भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाण्डौं देखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५०० मिटर उचाईमा पर्दछ । गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग कि.मी. रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा बिभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४,४२९ घरधुरीमा कुल जनसंख्या १७,१५६ रहेको छ । गाउँपालिका भित्र खेती योग्य जमिन कम भएकाले निर्वाहमुखी, परम्परागत खेती गर्दछन् । अधिकाश मानिसहरु व्यापार, पशुपालन, नोकरी र वैदेशिक रोजगारमा संलग्न छन् । यहाँको मुख्य धर्म हिन्दु, बौद्ध र इसाई रहेको छ । यहाँका मानिसको मुख्य भाषा नेपाली हो । शेर्पा, तामाङ, नेवार र अन्य जातिको आफ्नो मातृभाषा रहेको छ । भोटेकोशी गाउँपालिकालाई यस गाउँपालिका भित्र रहेका लिस्तीमाई स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरवकुण्ड, दुगुनागढी, तातोपानी धारा, तातोपानी नाका, नारायणस्थान मन्दिर, बन्जीजम्पले नेपालमा मात्र नभई विश्वमा चिनाउन सफल भएको छ । ठूला जलविद्युतको रुपमा भोटेकोशी, मध्य भोटेकोशी जलविद्युत आयोजना संचालन एवं निर्माणाधीन छन भने शिवश्री, हिमशिखर जलविद्युत आयोजना भने निकट भविष्यमा नै संचालनमा आउने क्रममा छन् । भोटेकोशी गाउँपालिका विमाण्डक ऋषि तथा श्रृङगी ऋषिले तपस्या गरेको तपोभूमी भएकोले ऐतिहासिक धार्मिक, पुुरातात्विक पर्यटकिय सम्पदाको रुपमा परिचित छ ।
भौगोलिक अवस्थिति तथा हावापानी
साविकका लिस्तिकोट, तातोपानी, फुलपिङकट्टी र मार्मिङ गा.वि.स मिलेर वनेको भोटेकोसी गाउँपालिकामा लिस्तिकोट २७०५४’ १८.७२’’ अक्षांश देखि ८५०५३’ ०.२४’’ देशान्तर भित्र समुद्र सतहबाट करिब १३०० मिटर देखि ३,९०० मिटरको उचाईमा अवस्थित छ । वडाको क्षेत्रफल ५१.१४ वर्ग कि.मि रहेको छ । तातोपानी २७०५६’ ३०.९५’’ अक्षांशदेखि ८५०५६’२९.८३’’ देशान्तर भित्र समुन्द्र सतहवाट करीव १३०० मिटर देखि ४६०० मिटरको उचाईमा अवस्थित छ भने वडाको क्षेत्रफल ८९.९८ वर्ग कि.मि रहेको छ । फुलपिङकट्टी २७०५३’ ४४.६२’’ अक्षांश देखि ८५०५७’३८.०६’’ देशान्तरभित्र समुन्द्र सतहवाट करिव १३०० मिटर देखि ४००० मिटरको उचाईमा अवस्थित छ । मार्मिङ २७०५१’ ३५.३२’’ अक्षांश देखि ८५०५५’२९.०८’’ देशान्तर भित्र समुन्द्र सतहवाट करिव १२०० मिटरदेखि २५६० मिटरको उचाईमा अवस्थित छ भने वडाको क्षेत्रफल ४७.६३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाका सबै वडाहरूमा तल्लो भेगमा समशितोष्ण र माथिल्लो भेगमा लेकाली हावापानी पाइन्छ । पूर्व: दोलखा जिल्ला र चीन, पश्चिम: वाह्रबिसे न.पा. र जुगल गा.पा., र उत्तर: चीन दक्षिण: वाह्र्रिवसे न.पा. सिमाना भएको यस गाउँपालिकाको वडा तपशिल अनुसार विभाजन अनुसारको छ ।
वडा विभाजन
वडा नं. |
साविक गा.वि.स. |
साविक वडा नं. |
१ |
लिस्तीकोट |
१—९ |
२ |
तातोपानी |
१—४ |
३ |
तातोपानी |
५—९ |
४ |
फुल्पिङकट्टी |
१—९ |
५ |
मार्मिङ |
१—९ |
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग