भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक पर्दछ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् । हाल वडा नं १ मा लिस्तिकोट ¸ वडा नं २ मा तातोपानी¸ वडा नं ३ मा ताताेपानी¸ वडा नं ४ मा फुल्पिङकट्टि र वडा नं ५ मा मार्मिङ रहेको छ । यहाँको कुल जनसंख्या १७¸१५६ र जम्मा क्षेत्रफल २७८.३१(वर्ग कि.मी.) रहेको छ । नेपाल र छिमेकी मुलुक चीन सँग जोडिने सबैभन्दा छोटो बाटो यही गाउँपालिका को तातोपानीको नाका हुदै जान्छ । यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि धेरै चलेको छ कारण यहाँ बन्जि जम्प ¸ राफिटिङ् ¸ क्यानोइङ¸ रक क्लाइबिङ इत्यादि गर्न सकिन्छ । यहाँ मनोरम दृष्य जस्तै झरना¸ खोला¸ नदीना
पुननिर्माण भएका घरहरुको किस्ता जानकारी, सम्झौता, गुनासो सुनुवाइ आदिको सेवा वडा कार्यालयमा खटिएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुमार्फत प्राप्त गर्न सकिन्छ ।
कुनै घरको गुनासो छुट, पुर्ण क्षति भएकोमा सुचीमा आंशिक भनी आएको आदिको खण्डमा वडामा रहेको वडा अध्यक्ष, वडा सचिव तथा पुननिर्माण प्राविधिक सहितको गुनासो व्यवस्थापन समितिको निर्णय आवश्यक पर्दछ ।