समाचार
नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रहरुकाे लागि प्राप्त भएको राहत सामग्री सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले हस्तान्तरण गर्नु भएको छ ।
भोटेकोशी गाउँपालिका स्थित सुख्खा बन्दरगाहा, भन्सार कार्यालय परिसरमा जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, जुगल गाउँपालिका र चौतारा नगरपालिकाका लागि प्राप्त भएको राहत सामग्री सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले हस्तान्तरण गर्नु भएको छ । सामानहरु उल्लेखित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भएको हो । जसमा ब्लाङ्केट, लाईट र टेन्ट रहेको छ । ब्लाङ्केट क्रमश जुगल,बाह्रबीसे, भोटेकोशी र चौताराका लागि ८०,९५,७० र ५५ थान बितरण गरिएको छ । त्यस्तै लाईट क्रमश जुगल,बाह्रबीसे, भोटेकोशी र चौताराका लागि ८० ,९५,७० र ५५ थान प्रदान गरिएको छ । त्यसैगरी टेन्ट पनि क्रमश जुगल,बाह्रबीसे, भोटेकोशी र चौताराका लागि ७०,८०,५५ र ३५ थान बितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापपति कृष्णगोपाल तामाङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, चौतारा साँगाचोक गढीका मेयर अमानसिंह तामाङ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष् राजकुमार पौडेल लागयतको सहभागिता रहेको थियो । गाउँपालिकाका अध्यक्ष श्री राजकुमार पौडेल ज्यु ले स्वागत मन्तव्य राख्नु भयो भने सम्माननिय सभामुख श्री अग्निप्रसाद सापकोटा ज्युलाई पालिका उपाध्यक्ष श्री दाबुटी शेर्पा लामा ज्युद्वारा मायाको चिनो प्रदान गरियो ।