समाचार
कोभिड-१९ अस्पतालकाे स्थापना
आज मिती २०७७ फाल्गुन १७ गतेका दिन नेपाल सरकार स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तर्गत सशर्त अनुदान भवन निर्माण र भोटेकोशी गाउपालिकाको समन्वयमा निर्मित कोभिड-१९ अस्पताल भवन भोटेकोशी गाउपालिका श्रद्देय अध्यक्ष श्री राजकुमार पौडेल र स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलज्युबाट बाट शूभारम्भ भयो । त्यसै गरी कार्यक्रममा डा दिपेश पौडेल सरुवा रोग अस्पताल, सुर्य बहादुर खड्का स्वास्थ्य मन्त्रालय, दुर्गादत्त चापागाई चौतारा स्वास्थ्य कार्यालय, श्री भद्र बहादुर बस्नेत प्रमुख प्रशासकिय अधिक्रित भोटेकोशी गाउँपालिका, भुपेन्द्र लाल श्रेष्ठ स्वास्थ्य संयोजक भोटेकोशी गाउँपालिका, कैलाश पौडेल वडा नं ३ अध्यक्ष भोटेकोशि गाउँपालिका, कोभिड अस्पातालका डाक्टर तथा नर्स, तथा स्थानिय समाजसेवी, सर्बसाधारणहरुको उपस्थिती भएको थियो साथै अतिथिहरू तथा जग्गादातालाई मायाको चिनो गाउँपालिकाका अध्यक्षज्यु बाट वितरण गर्नु भयो ।