समाचार
आठौं गाउँसभा
भोटेकोशी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । अध्यक्ष राजकुमार पौडेललेज्यूले उद्घाटन गर्नुभई सभामा आव ०७८।०७९ को वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्षज्यू तथा वजेट उपाध्यक्ष दावुटी शेर्पाज्यूले प्रस्तुत गर्नुभएको थियो ।५३ करोड १३ लाख ३५ हजार रुपैँयाको बजेट प्रस्तुत गरिएको छ । जसमा भोटेकोशी गाउपालिकाको आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालु तर्फ रु २८ करोड ३९ लाख ८१ हजार ५ सय रुपैया, पूँजीगत तर्फ रु २२ करोड ६० लाख ५९ हजार ५ सय रुपैया जम्मा रु ५१ करोड ४१ हजार रुपैया रकम विनियोजित गरिएको छ । त्यसैगरी गाउँपालिकाबाट विभाजन हुने ३१ करोड ४५ लाख २३ हजार मध्ये पूर्वाधार तर्फ १५ करोड २६ लाख १४ हजार ५ सय रुपैया, आर्थिक विकास तर्फ १ करोड ७३ लाख ८० हजार रुपैया, सामाजिक विकास तर्फ ५ करोड ७० लाख ९९ हजार ५ सय रुपैया, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९२ लाख रुपैया, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड २ लाख रुपैया, प्रशासनिक खर्च तर्फ ६ करोड ८० लाख २९ हजार रुपैँया रकम विषयगत क्षेत्र तर्फ विभाजन बिनियोजन गरिएको छ । अध्यक्ष रोजगार कार्यक्रममा ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । साथै मेलम्ची र हेलम्वूका बाढि पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव गरिएको छ । जसमा हेलम्वूका लागि ३ र मेलम्चीका लागि २ लाख रुपैयाँ रहेको छ । साथै गाउँपालिकाका कर्मचारीहरु बाट पनि बाढी पीडितका लागि रू १ लाख ४० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।