FAQs Complain Problems

झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो ।

भोटेकोशी गाउँपालिका अन्तर्गत फुल्पिङकट्टि–४, हिन्दीमा अवस्थित झिर्पु माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री राजकुमार पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संयोजक श्री ध्रुव पौडेल, ४ नं. वडा का अध्यक्ष श्री साङदोर्जे शेर्पा, ३ नं. वडा का अध्यक्ष श्री कैलाश पौडेल र विद्यालयका प्र.अ. टंक पन्त ज्यूको उपस्थितिमा ट्रयाक्स सुट र टि–सर्ट वितरण गरियो । उक्त कार्यक्रममा विद्यालयका प्र.अ. द्वारा विद्यार्थीहरुलाई अनिवार्य रुपमा नियमित रुपमा तोकिएको बारमा ट्रयाक्स सुट र टि–सर्ट लगाई विद्यालयमा उपस्थित भई विद्यालयको शोभा बढाउन र विद्यार्थीको अनुशासन र विद्यालयको मर्यादा कायम गर्नु हुन अनुरोध गर्नुभयो ।

आर्थिक वर्ष: